शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सलाहको ह्याट्रिकसँगै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

शनिबार, २२ मङ्सिर २०७५, २० : ३३
शनिबार, २२ मङ्सिर २०७५

एजेन्सी–टोलीका प्रभावशाली स्ट्राइकर मोहमद सलाहको ह्याट्रिकसँगै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

शनिबार बेलुका भएको एकपक्षीय खेलमा लिभरपुलले बर्नमाउथलाई ४–० गोलले हरायो ।

 लिभरपुलको यस जितले लिग समिकरण समेत थप रोचक बनेको छ । शीर्ष स्थानमा उक्लिएको लिभरपुलले १६ खेलबाट ४२ अंक छ । एक खेल कम खेलेका म्यानचेस्टर सिटीको ४१ अंक छ । 

२३ अंक बनाएको बर्नमाउथ सातौं स्थानमा छ । घरेलु मैदानमा लिभरपुलका लागि सलाहले २५औं, ४८औं र ७७औं मिनेटमा गोल गर्दै  ह्याट्रिक पूरा गरे । 

अर्को ६८औं मिनेटमा बल बचाउने क्रममा बर्नमाउथका स्टिभ कुकको आत्मघाती गोल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप