शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेक्सिकोकी सुन्दरी बनिन् मिस वर्ल्ड २०१८

शनिबार, २२ मङ्सिर २०७५, १९ : ५५
शनिबार, २२ मङ्सिर २०७५

काठमाडौँ । मिस वर्ल्ड २०१८ को उपाधि मिस मेक्सिको भनेसा पोन्सेले जितेकी छिन् ।

विभिन्न देशका ११८ प्रतिस्पर्धीलाई पछि पार्दै पोन्सेले उक्त उपाधि हात पारेकी हुन् ।

मिस थाल्इल्याण्ड निकोलेन लिम्सनुकान फस्ट रनरअप बनिन् ।

उनीहरुसँगै बेलारुसकी मारिया भासिलेभिच, जमाइकाकी काडिजा रोबिन्सन तथा युगान्डाकी कुइन अबेन्याको शीर्ष पाँचमा पुगेका थिए ।

पूर्व मिस वर्ल्ड मानुसी चिल्लरले नयाँ मिस वर्ल्डलाई ताज पहराइदिएकी थिइन् ।

चीनको सान्या सहरमा आयोजित फाइनल प्रतियोगितामा मिस नेपाल शृङ्खला खतिवडा भने शीर्ष १२ मा सिमित बनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप