बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सङ्कटा विजयी, पुलिस बराबरीमा रोकियो

शनिबार, २२ मङ्सिर २०७५, १९ : ४४
शनिबार, २२ मङ्सिर २०७५

काठमाडाँैं - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै अङ्कतालिको दोस्रो स्थानमा पुगेको छ । 

हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा सङ्कटाले न्यूरोड टिम एनआरटीलाई १–० गोलले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क जोडेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको इन्जुरी समयमा अफ्रिकन खेलाडी म्यासवेलले गोल गर्दै सङ्कटालाई विजयी बनाए । 

जीतपछि सङ्कटा सात खेलबाट १८ अङ्क जोड्दै शीर्षस्थानको मनाङसँग अङ्क बराबरी गरेको छ । एनआरटी तालिकाको पुछारमा यथावत् रह्यो । खेलमा एनआरटीका गोलकिपर अजित प्रजापति ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । 

यसअघि सोही मैदानमा भएको पहिलो खेलमा विभागीय टोली पुलिस र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

लिगको साताँै चरणको पहिलो खेलमा पुलिस र हिमालयन शेर्पाले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

३२आँै मिनेटमा तेज तामाङको पासलाई सदुपयोग गर्दै भरत साहले पुलिसलाई अग्रता दिलाएका थिए । तर हिमालयन शेर्पाका विश्वास श्रेष्ठले खेलको ७०आँै मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पुलिस सात खेलबाट ११ अङ्क जोडेर तालिकाको पाँचाँै स्थानमा छ । समान अङ्क भए पनि गोल अन्तरका आधारमा हिमालयन शेर्पा छैटाँै स्थानमा छ । हिमालयन शेर्पाका विश्वास ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप