शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बौद्ध क्षेत्रका होटल रेष्टुरेन्टमा प्रहरी छापा, १८ युवतीसहित २७ जना नियन्त्रणमा

शनिबार, २२ मङ्सिर २०७५, १८ : २२
शनिबार, २२ मङ्सिर २०७५

काठमाडौँ । काठमाडौंको बौद्ध क्षेत्रमा पर्ने नयाँबस्ती, जम्बुडाँडा र जोरपाटीस्थित नारायणटामार सञ्चालित होटल रेष्टुरेण्टमा प्रहरीले छापा मारेको छ । 

शनिवार ‘सरप्राईज चेकिङ’ गर्दा बौद्ध क्षेत्रका होटल रेष्टुरेण्टमा अवैध यौनजन्य गतिविधी हुने गरेको फेला परेको छ ।

महानगरीय प्रहरी वृत बौद्धबाट चेकिङका खटिएको प्रहरी टोलीले अवैध यौन क्रियाकलापमा संलग्न १८ युवती सहित २७ जनालाई पक्राउ गरेको हो ।

‘अवैध यौनिक गतिविधी गराउने ४ जना होटल सञ्चालहरुलाई पनि नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) नरेन्द्र चन्दले भने, ‘जम्बुडाँडा, नयाँबस्ती र नारायणटार एरियाका विभिन्न ६ ओटा होटलहरुले ब्यवसायीक रुपमा अवैध यौनधन्दा सञ्चालन गरेको भेटियो ।’

प्रहरीले १२ स्थानमा छापा मारेको थियो । प्रहरी चेकिङका क्रममा राजीखुसीले बसेकाहरुलाई नियन्त्रणमा नलिएको डिएसपी चन्दले बताए ।

होटलमा युवती राखेर यौनधन्दा सञ्चालन गर्नेहरुलाई मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप