बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साताको शेयर बजार : यस्तो रह्याे कारोवार

शनिबार, २२ मङ्सिर २०७५, १७ : ३६
शनिबार, २२ मङ्सिर २०७५

काठमाडौँ-धितोपत्र बजारमा यस साता रु दुई अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ बराबरको शेयर कारोवार भएको छ । शेयर कारोवार भएका पाँच दिनमध्ये सोमबार, मङ्गलबार र बिहीबार भने कारोवार वृद्धि भएको थियो । आइतबार र बुधबार भने बजार घटेको थियो । 

साताको पहिलो दिन बजार १७.७३ बिन्दुले घटेको थियो । नेपाल स्टक एक्सचेञ्चका अनुसार पहिलो दिन ५६ कम्पनीका १४ लाख ४२ हजार १३८ कित्ता शेयर रु रु ४५ करोड ४६ लाख ९५ हजार ९९५ मा खरीद बिक्री भएको थियो । तर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा एक हजार १३०.६३ बिन्दुमा पुगेको थियो । 

कारोवारको दोस्रो दिन सोमबार बजार सामान्य अङ्कले मात्रै बढेको थियो । नेप्से परिसूचक शून्य दशमलव नौ अङ्कले बढेर सो दिन एक हजार १३१ दशमलव ७३ विन्दुमा पुगेको थियो । कूल १५६ कम्पनीको २१ लाख ३९ हजार ३४८ कित्ता शेयर रु ६३ करोड ७९ लाख ५४ हजार ९४८ मा खरीद बिक्री भयो । 

साताको तेस्रो दिन मङ्गलबार बजार १० दशमलव २७ बिन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुमा पुग्यो । कूल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता शेयर रु ३८ करोड २६ लाख ५९ हजार ६७ मूल्यमा खरीद बिक्री भएको थियो । बुधबार भने बजार २३ अङ्कले घटेर एक हजार ११८ दशमलव १९ बिन्दुमा झ¥यो । कूल १५६ कम्पनीको ११ लाख ६८ हजार २३३ कित्ता शेयर रु ३७ करोड ७२ लाख ८६ हजार २७९ मूल्यमा खरीद बिक्री भयो । 

साताको अन्तिम दिन बिहीबार बजार दुई दशमलव सात बिन्दुले बढ्यो । कूल १६२ कम्पनीको १३ लाख ७४ हजार ३४६ कित्ता शेयर रु ३७ करोड नौ लाख ७१ हजार ९३६ मूल्यमा खरीद बिक्री भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप