बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उर्जामनन्त्रीले जनकपुर पुगेर भने–‘चोरी र हुकिङ नियन्त्रणमा साथ दिनुहोस्, हामी वितरणमा सुधार गर्छौँ’

शनिबार, २२ मङ्सिर २०७५, १७ : २१
शनिबार, २२ मङ्सिर २०७५

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले संघ,प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताएका छन् । 

नेकपा २ नम्बर प्रदेशको संसदीय दलले जनकपुरमा आयोजना गरेको वर्तमान अवस्थामा उर्जा र सिंचाई विकासमा तीनै तहका सरकारको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम बोल्दै उर्जामन्त्री पुनले यस्तो बताएका हुन् । 

उनले तीनैतहका सरकारहरुलाई संविधानले सार्वभौम अधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था गरेको भन्दै त्यसलाई देश र जनताको हितमा उपयोग गर्नुपर्ने धारणा राखे । 

मन्त्री पुनले नेपाली जनताको बलिदानबाट लोकतन्त्र र संघियता प्राप्त भएको भन्दै यसलाई सस्थागत गर्न सवै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

‘संविधानले स्पष्ट रुपमा तीन तहको सरकार रहने व्यवस्था गरेको छ, त्यसलाई अवसरको रुपमा लिएर देश विकासमा काम गरौँ ।’ मन्त्री पुनले कार्यक्रममा भने । 

नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता सुशासन र विकास भएको दावी गरे । उनले त्यसलाई पुरा गर्न सरकार दृढतापुर्वक अघि बढेको भन्दै सहयोग गर्न सवैलाई आग्रह गरे । 


मन्त्री पुनले प्रशासनिक पुर्नसंरचनामा समय लाग्दा परिणाम नदेखिएको भन्दै अव सरकारले परिणाम दिने गरी काम गर्ने बताए । उनले संघीय सरकारले शुक्रवार मात्रै २५ वर्षे दीर्घकालीन योजना अघि सारेको भन्दै मन्त्री पुनले दिघो विकासको लागि सरकारले दृढ संकल्प गरेको बताए । 

उनले ठूला आयोजना संघले,मझौला प्रदेशले र साना आयोजना स्थानीय तहले गर्ने व्यवस्था मन्त्रालयले गरेको जानकारी समेत दिए । 

मन्त्री पुनले तराईका केही जिल्लामा चोरी र हुकि¨को समस्या भएको भन्दै त्यसलाई रोक्न जनप्रतिनिधहरुसंग आग्रह गरे । 

मन्त्री पुनले तीन वर्षमा देशभरी विद्युतीकरण गर्ने दावी गरे ।   दुई वर्षभित्र दुई नम्बर प्रदेशभरी विद्युतीकरण गर्ने योजना मन्त्रालयको भएको भन्दै त्यसमा स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न पनि आग्रह गरे । 

उर्जा मन्त्रालयले ३ हजार ५ मेगावाट जलविद्युत जनताको लगानीमा संचालन गर्ने तयारी गरेको भन्दै उनले तराईमा २ सय मेगावाट सोलार परियोजना बनाउने घोषणा समेत गरे ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप