बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इपीएल क्रिकेट : करण नायक बन्दा साबिक विजेता विराटनगरको विजयी सुरुवात

शनिबार, २२ मङ्सिर २०७५, १७ : १७
शनिबार, २२ मङ्सिर २०७५

काठमाडौं । करण केसीले उत्कृष्ट प्रदर्शन गरेपछि एभरेष्ट प्रिमियर लिग (इपीएल) मा साविक विजेता विराटनगर वारियर्सले विजयी सुुरुवात गरेको छ । 

तेस्रो संस्करणको उद्घाटन खेलमा विराटनगर वारियर्सले ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले हरायो ।

ललितपुरले प्रस्तुत गरेको एक सय ५ रनको सामान्य विजय लक्ष्य विराटनगरले अन्तिम ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

विराटनगरका करण केसीले १९ बलमा अविजित ३६ रन बनाएका थिए । यसक्रममा उनले ३ छक्का र एक चौका हिर्काए ।

ओपनर अनिल कुमार साह ११ रन जोड्दै सन्दीप लामिछानेको बलमा आउट हुँदा विराटनगरको स्कोर १९ रन थियो । पारस खड्का आठ

रन जोड्दै पेभेलियन फर्किए । आसिफ शेख १९ रन जोड्दै गौरव तोमरको बलमा क्याच आउट भए ।

ललितपुरका लागि गौरव तोमर र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । गौरवले तीन र सन्दीपले दुुई विकेट लिए । ललित नारायण राजवंशीले एक विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धाीरत २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४ रन बनाएको थियो । 

कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रन बनाए । अन्य ब्याट्सम्यान त्यति जम्न सकेनन् । भारतीय ओपनर ब्याट्सम्यान जयकिशन कोल्सावाला र गौवर तोमर चार–चार रनमा पेभेलियन फर्फिएका थिए । सन्नी पटेलले २० रन योगदान गरे । 

योगेन्द्र सिंह कार्की खाता नखोली रनआउट भए । राशिद खानले  अविजित ५ रन बनाए । विराटनगरका लागि रोलाफ भान डरमर्वले र करण केसीले दुुई विकेट लिए । वसन्त रेग्मी, स्मित पटेल र पारस खड्काल एक एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप