शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मलाको हत्यारा पत्ता लागिसक्यो : रक्षामन्त्री पोखरेल

शनिबार, २२ मङ्सिर २०७५, १७ : ०८
शनिबार, २२ मङ्सिर २०७५

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने सम्भावना रहेको बताएका छन् ।

७० औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १० औँ मानवअधिकार राष्ट्रिय महाभेलालाई सनिबार ललितपुरमा सम्बोधन गर्दे मन्त्री पोखरेलले राजनीतिक दलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने संभावना रहेको बताएका हुन् । 

कार्यक्रममा उपस्थित नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई सम्बोधन गर्दे उनले सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिक ध्येय बोकेकाहरुले छाता ओढाउन आउने सम्भावन रहेको आशंका व्यक्त गरे । 
 

सरकारले पन्तको हत्यारा पत्ता लगाइसकेको र चाँडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिदै उनले भने, “ विधिसम्बत ढंगले सार्वजनिक गर्छौ । तर राजनीतिको ध्येय बोकेकाहरु छाता ओढाउन आउँछन् कि भन्ने डर छ पुष्पा जी ख्याल गर्नुहोला ।”

प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उनले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दाबी गरे । 

उनले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिए । 

उनले भने, “निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ । माफ गर्नुहोला, त्यो  अपराधी बाहिर ल्याउदा यी मध्ये कसैले पनि छाता ओढाउन नआउनुहोला । आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन । ”

राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभुतिमा सरकारका कामकारवाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप