बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकार अपाङ्गता भएका महिलाहरुप्रति गम्भिर भएन’

शनिबार, २२ मङ्सिर २०७५, १७ : ००
शनिबार, २२ मङ्सिर २०७५

काठमाडौं, २२ मंसिर । वरिष्ठ कलाकार एवम् समाजसेवी श्रीकृष्ण सिंखडाले अपाङगता भएका मानिसहरुका लागि राज्यले स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा प्रदान गर्न माग गरेका छन् । 

रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय अपाङ्ग श्रीमती संघ, नेपालले आयोजना गरेको अन्तरक्रिया एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सिंखडाले यस्तो माग गरेका हुन् । 

राष्ट्रिय अपाङ्ग श्रीमती संघ, नेपालकी अध्यक्ष उषा सिंखडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले भने,‘देश काठमाडौंमा भेटिँदैन, देश त कुन कन्दरामा भेटिन्छ, जहाँ साँस्कृतिक पक्ष भेटिन्छ, जनताको पिर मर्का उस्तै छन्, समाजमा हिँसा, हत्या, अत्याचार र बलत्कारले सिमा नाघेको स्थिति छ, निर्मला पन्तका हत्यारा पत्ता लगायनको लागि सरकार अझैपनि अल्झीरहेको देखिन्छ, जनताहरुको आक्रोश पैदा भएको अवस्थामा पनि सरकारले पीडीतहरुको पक्षमा काम गर्न सकेको छैन ।’ 

उनले अघि थपे, ‘समाज सपाङ्गहरुको मात्रै होईन, शारीरिक रुपमा अशक्तता भएका मानिसहरु पनि समाजकै मानिस हुन, अरुभन्दा तपाईहरुको क्षमता र चेतनाको स्तर एक्दम माथि छ, तपाईहरुसँग भएको कला, नृत्य, पुस्तक लेखन, गीत गायन, कविता रचना, उपन्यास प्रकाशित जस्ता थुप्रै कामहरु सफलतापूर्वक गर्नुभएको छ, यसको प्रशंसा जतिगरेपनि कम हुन्छ ।’ 

राष्ट्रिय अपाङ्ग श्रीमती संघकी अध्यक्ष उषा सिंखडाले अपाङ्गता भएका महिलाहरु यौन हिंसाको शिकार भएको दाबी गरेकी छिन् । 

उनले भनिन्, ‘वर्तमान समयमा अपाङ्गता भएका महिलाहरु चरम यौंन हिँसामा परेका छन्, सरकारले यसमा गम्भिरताका साथ काम गर्नुपर्छ, केही दिन अघि नयाँ बसपार्कमा बेवारिसे बच्चा जन्मेको छ, उनी बोल्न सक्दैनन्, सुन्न सक्दैनन्, सरकारले अपाङ्गता भएका मानिसहरुलाई उचित व्यवस्थापन गर्न सकेको छैन्, बाटो, भवन, शौचालयजस्ता आधारभूत कुराहरुमा अपाङ्गता भएका मानिहरुलाई निक्कै गाह्रो भएको छ ।’ 

उनले अघि थपिन्, ‘उहाँहरुको जीवन चलाउन धौधौको अवस्था छ, हामीले कामपाका मेयर विद्यासुन्दर शाक्यलाई प्रमुख अतिथिका रुपमा बोलाएका थियौं, तर उहाँ आइदिनुभएन, राजधानीमा बस्ने अपाङ्गता भएका मानिसहरुको लागि उहाँले केही गर्नुहुन्छ कि भन्ने हो तर कार्यक्रममासमेत आउनुभएन, अरु त परको कुरा भयो ।’ 

यौन हिंसा आज विश्वव्यापी रुपमा जटिल बन्दै गएको उल्लेख गर्दै उनले थपिन्,यसको अन्त्यका लागि निरन्तर प्रयन्त भैरहेका छन्, सबै सांग अपाङ्गता भएका व्यक्ति वा जुनसुकै महिला र बालिकाहरु लैंिगक असमान र यौन हिंसाबाट पीडित हुनुपर्ने बिडम्बना छ, यसको अन्त्य गर्न सरकारले कडा कानून ल्याउनुपर्छ, देशका विभिन्न भागमा बलात्कारका घट्नाहरु घटिरहेका छन्, १६ दिने महिला हिँसाविरुद्धको अभियान चलिरहेको छ, अर्कोतिर निर्मलाजस्ता बालिकाहरुको स्थिति छ, यसमा सरकार गम्भिर भएर लाग्नुपर्छ ।’

कार्यक्रममा प्रा.डा.गोविन्द आचार्य, सिता सुवेदी, सुनिता महर्जन, रमेशबाबु तिवारीलगायतले महिला हिँसा र अपाङ्गता भएका महिलाहरुको बारेमा सरकारलाई गम्भिर हुन आग्रह गरेका छन् । साँस्कृतिक प्रस्तुतीहरुसहितको कार्यक्रममा सुदिप सिंखडा डा.गोविन्द आचार्य, गोविन्द सिंखडा, रमेशबाबु तिवारी, राजु सिंखडालाई सम्मान गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप