शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्कूल पढ्ने किशोर–किशोरी गोंगबुको लजमा गाजा तान्दै गरेको अवस्थामा भेटिए, स्वीप अपरशेनमा ४२ जना समातिए

शनिबार, २२ मङ्सिर २०७५, १५ : ५२
शनिबार, २२ मङ्सिर २०७५

काठमाडौं– बाबु आमालाई ‘साथीको घरमा बर्थडे सेलिब्रेशन गर्न जान्छु’ भन्दै घरबाट हिँडेका स्कूले विद्यार्थीहरु गोंगवुको लजमा गाँजा तान्दै गर्दा प्रहरीको फेला परेका छन् । 

शुक्रवार राती महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गोंगवुका होटल तथा लजहरुमा स्वीप अपरेशन चलाउँदा कक्षा ८ देखि १२ कक्षासम्म पढ्ने किशोर किशोरी त्यसरी गाँजा तान्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । 

‘स्कुल कलेज पढ्ने केटाकेटीहरु लजमा कोठा लिएर समूहिक रुपमा गाजा सेवन गर्ने गरेको भेटियो’ महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक (डिएसपी) फणिन्द्र प्रसाईँले भने, ‘अधिकांश विद्यार्थी ८ देखि १२ कक्षामा अध्ययनरत रहेको पाइयो ।’  

स्वीप अपरशेनका क्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गाजा सेवन गर्ने विद्यार्थीसहित होटल गेष्टहाउमा शंकास्पद गतिविधि गर्ने ४२ जनालाई नियन्त्रणमा लिएको छ । 

गेष्ट हाउसबाट पक्राउ परेका अधिकांश किशोर किशोरीको गोजीमा गाजा भेटिएको डिएसपी प्रसाईँले जानकारी दिए । उनले भने, ‘पक्राउ परेकामध्ये ३२ जनाबाट हामीले गाजा बरामद गरेका छौं ।’ 

काठमाडौं बाहिरबाट आएका विद्यार्थीहरुले पनि अभिभावकलाई थाहै नदिई लजमा बसेर गाजा सेवन गर्ने गरेको भेटिएको छ । 

घरबाट छाडेर बर्थ डे पार्टी मनाउन भनि काठमाडौं–२६ मित्रनगर स्थित बाग्लुङ कालिका गेष्ट हाउसमा २ वटा कोठा बुक गरी बसेका ८ देखि कक्षा ११ सम्म पढ्ने १३ देखी १८ बर्षका ७ छात्र र दुई छात्राको साथबाट पनि प्रहरीले गाजा फेला पारेको छ । 

शुक्रवारको स्वीप अपरेशनको क्रममा एउटा मोटरसाइकलको चावी अर्कोमा मिल्ने गरेको कारण मोटरसाईकल चोरी पनि बढेको खुलेको छ । 

सिभिल मलबाट प्रभु बैंकको एक ब्रान्च मेनेजरले सिभिल मलबाट लिएर हिँडेको मोटरसाइकल प्रहरी चेकजाँचको क्रममा अर्कैको रहेको खुलेको थियो । 

बा.८३ प ६८३१ सेतो जिक्सर चढ्दै आएका ती मेनेजर त्यतिवेला अचम्ममा परे, जब गोंगवुमा प्रहरीले बिलबुक चेक गर्दा मोरसाइकल नम्बर नमिलेको भन्दै मोटरसाइकल नियन्त्रणमा लियो । 

पछि अनुसन्धान गर्दा हतारमा सिभिल मलको पार्किङमा रहेको मे. ८ प. १४१७ नम्बरको मोटरसाइकल उनको चाबीले खुलेको पाइयो  । प्रहरीले दुवै मोटरसाईकल भेरिफाई गरेर सम्बन्धित धनीलाई बुझाएको छ । 
स्वीप अपरेशनका क्रममा चेकजाँच गर्दा महाराजगञ्ज प्रहरीले कागज पत्र नभएका ७ स्कुटर ५ मोटरसाइकल नियन्त्रणमा लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप