शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा भयानक दुर्घटना, तीब्र गतिको स्कारपियो पसलभित्र छिर्यो, २ घाइते

शनिबार, २२ मङ्सिर २०७५, १४ : ५४
शनिबार, २२ मङ्सिर २०७५

जनकपुर–जनकपुरको रामचोकमा शुक्रबार मध्यरातमा सवारी दुर्घटना भएको छ ।

तीव्र गतीमा रहेको भारतीय नम्बर प्लेटको स्कारपियो अनियन्त्रित भई दुर्घटना  हुँदा २ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

घाइते हुनेहरुमा स्कारपियोमा सबार जनकपुरधाम उपमहानगरपालिका १३ बस्ने १९ वर्षको नागेन्द्र राउत र दीपक राउत छन् ।  गम्भीर घाइते दुवैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

मुरलीचोकबाट शिवचोकतर्फ जाँदै गरेको बि आर ०६ पिडि ६८७९ नम्बरको स्कारपियो अनियन्त्रित भई पसलमा छिरेको थियो ।

तीव्र गतिमा गुडेको गाडी अचानक पसलमा छिरेको पसल सञ्चालक चन्द्रभानु साहले बताए । दुर्घटनाबाट साहको सहित अर्को एक पसलमा क्षति पुगेको छ । 

 दुर्घटना पश्चात चालक फरार भएको र दुर्घटनाग्रस्त गाडीलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । 

धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहीले फरार चालकको खोजी कार्य भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप