बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नक्सालमा खिचियो ‘रणवीर’को ‘तिरीमिरी तिरीमिरी तीन तारा’

शनिबार, २२ मङ्सिर २०७५, ११ : २०
शनिबार, २२ मङ्सिर २०७५

काठमाडौं – १८ माघमा रिलिज मिति तोकिएको चलचित्र   ‘रणवीर’को एक गीत भने भर्खर छायाँकन गरिएको छ ।। राजधानीको नक्सालस्थित बालमन्दिर भव्य सेट तयार गरेर चलचित्रको ‘तिरिमिरी तिरिमिरी तिनतारा’बोलको गीत छायाँकन गरिएको हो । 

४ दिन लगाएर छायाँकन गरिएको गीतमा मुख्य कलाकार सुशिल सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्टले नृत्य गरे । राजनराज शिवाकोटीको संगीत रहेको गीतमा शब्द र स्वर पनि उनकै छ । गीतमा राजनलाई गायिका अन्जु पन्तले साथ दिएकी छन् । 

गीतका कलाकार शुभेच्छा र सुपुस्पाले नेपाली टिपिकल ड्रेसमा आफुलाई प्रस्तुत गरेका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

‘गीतलाई भव्य बनाउन कुनै कसर बाकि राखिएको छैन’ लामिछानेले भने ‘‘मैले गरेको काममा यसलाई उत्कृष्ट भन्न सक्छु ।’

यसैगरी निर्मात्री गोमा बिस्टले गीतलाई पनि विना सम्झौता तयार गरिएको बताए । ‘गीतमा हामीले फिल्म झैँ सम्झौता गरेका छैनौ’ उनले भनिन् ‘गीतमा १५० भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको छ ।’ गीतमा झन्डै २५ लाख खर्च भएको निर्माता दिपेन्द्र रेग्मीले बताए । 

चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप