बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गीत : राष्ट्रभक्ति

शनिबार, २२ मङ्सिर २०७५, ११ : २०
शनिबार, २२ मङ्सिर २०७५

लक्ष्मण सिटौला

झुक्तैन कहिले  नेपाली वीर  झुक्तैन  नेपाल 
झुक्तैन मेरो इन्द्रेणी आकाश झुक्तैन हिमाल 

मभित्र एउटा अजर  आत्मा छ बाँचिरहेको
मभित्र पनि बलशाली पुरुष छ हाँसिरहेको

शिरको टोपी सगरमाथा आँखामा फेवाताल
झुक्तैन मेरो इन्द्रेणी आकाश झुक्तैन हिमाल 

छ  एकताको  बलियो सूत्र शत्रुलाई हराउने
छ दिव्योपदेश देवत्वज्ञान  नेपाली चिनाउने

नसार्नु  वर त्यो जङ्गे पिल्लर नबुन्नु बैरी जाल
झुक्तैन मेरो इन्द्रेणी आकाश झुक्तैन हिमाल 

शिवपुरी गाउँपालिका, नुवाकोट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप