शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डो प्रेरित युभेन्ट्सको कठिन जित

शनिबार, २२ मङ्सिर २०७५, ०८ : ५३
शनिबार, २२ मङ्सिर २०७५

एजेन्सी — साविक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको उपाधि रक्षाको दौडमा रहेको छ । लिगमा अपराजित यात्रा कायम राखेको युभेन्ट्सले सुक्रबार राती भएको खेलमा अर्को बलियो टोली इन्टरमिलानलाई १–० गोलले हरायो ।

इन्टरसँग जित निकाल्न घरेलु मैदानमा युभेन्ट्सले निकै संघर्ष गर्नु परेको थियो । टोलीका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोको गोल गर्ने प्रयास पहिलो हाफमा सफल भएन ।

युभेन्ट्सको कठिन जितमा मारियो मान्डजुकिक नायक बने । मारियोले ६६औं मिनेटमा जोआओ क्यान्सेलोको पासमा उत्कृष्ट हेड गोल गरेका थिए । खेलको अन्तिमसम्म युभेन्ट्सलाई कडा टक्कर दिएको इन्टरले गोल फर्काउन भने सकेन ।

जितसँगै १५ खेलसम्म अपराजित रहेको शीर्ष टोली युभेन्ट्सले ४३ अंक बनाएको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको नापोलीभन्दा ११ अंकले अगाडी छ । नापोलीको ३२ अंक छ । तेस्रो स्थानमा रहेको इन्टरको २९ अंक छ । आजै दोस्रो स्थानमा रहेको नापोलीले फ्रोसिनोनसँग खेल्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप