शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अधिकारकर्मी कृष्ण कँडेलको दोस्रो कविता संग्रह विमोचन

शुक्रबार, २१ मङ्सिर २०७५, २१ : १९
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं । अधिकारकर्मी कवि कृष्ण कँडेलद्वारा लिखित ‘पाञ्चाली’ कविता संग्रह काठमाडौंमा एक कार्यक्रबीच विमोचन गरिएको छ । 

मानव अधिकार तथा शान्ति समाजद्वारा प्रकाशित पाञ्चाली कविता संग्रह वरिष्ठ नाटककार अशेष मल्ल, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रा.डा. सावित्री कक्षपति, शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, गजलकार ज्ञानुवाकर पौडेल लगायत व्यक्तित्वहरुले विमोचन गरेका थिए । 

मानव अधिकार तथा शान्ति समाजद्वारा सर्वनाम थिएटरमा आयोजित विमोचन कार्यक्रमको सभापतित्व समाजका केन्द्रीय कार्यसमितिका सभापति उत्तम पुडासैनीले गरेका थिए । 

विमोचित पुस्तक र कवि कृष्ण कँडेलबारे केन्द्रीत रहि अशेष मल्ल, किशोर नेपाल, ज्ञानुवाकर पौडेल, प्रा.डा. सावित्री कक्षपति, शान्ति समाजका निवर्तमान सभापति तथा सल्लाहकार डा. गंगाधर अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । 

पाञ्चाली कवि कृष्ण कँडेलको दोस्रो कविता संग्रह हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप