शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपरथी शरद कुमार गिरीको नाम रथीमा सिफारिस

शुक्रबार, २१ मङ्सिर २०७५, २१ : १२
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं । नेपाली सेनामा रिक्त रहेको रथी पद (एक)मा शरद कुमार गिरीको नाम सिफारिस भएको छ । उपरथी गिरीलाई नियमवालीको नियम ३३ (क) बमोजिम गठित बढुवा समितिले सिफारिस गरेको हो । 

सैनिक कमाण्ड तथा स्टाफ कलेजका उपरथी गिरीलाई रथी दर्जामा बढुवा सिफारिस गर्न आज प्रधानसेनापति पूर्णचन्द्र थापाबाट सदर भएकाले जानकारीको लागि १५ दिने सूचना प्रकाशित गरिएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।  

बढुवा समितिको अनुसार रथी दर्जामा सिफारिस भएका गिरीको बढुवा मन्त्रीपरिषद् बैठकले पास गर्नेछ । 

गिरीलाई वैशाख ३० गतेको मन्त्रिपरिषद् बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो । उनीसँगै सोही बैठकको निर्णय अनुसार महासेनानी ताराध्वज पाण्डे, विनोद पाण्डे, निरञ्जन कुमार श्रेष्ठ र अशोक सिग्देल समेत सहायक रथी दर्जामा बढुवा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप