बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा बैंक लुट्न गरिएको आक्रमणमा ११ जनाको मृत्यु

शुक्रबार, २१ मङ्सिर २०७५, २० : ५१
शुक्रबार, २१ मङ्सिर २०७५

ब्राजिल । ब्राजिलमा दुई बैंक लुट्न शुक्रबार विहानै गरिएका आक्रमणमा बन्धक बनाइएका पाँचजनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । 

उत्तरपूर्वी ब्राजिलमा शुक्रबार शुक्रबार विहानै भएको उक्त आक्रमणमा छ जना लुटेराको प्रहरीको गोली लागि मृत्यु भएको छ भने एक बच्चासहित पाँच जना बन्धक बनाइएका व्यक्तिहरूको पनि ज्यान गएको सेयरा राज्यको मिलाग्रेस शहरका नगर प्रमुख लियलसन ल्यान्डिजलाई उद्धृत गरी ब्राजिलको रेडियो व्यान्ड न्यूजले बताएको छ । 

सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी ढालका रूपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र दोहोरो झडपमा उनीहरूको मृत्यु भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप