शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निशानले डेढ लाख कार फिर्ता गर्ने

शुक्रबार, २१ मङ्सिर २०७५, २० : ३८
शुक्रबार, २१ मङ्सिर २०७५

टोकियो । जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको शुक्रबार बताएको छ । 

जापानी विशाल कार कम्पनीका अध्यक्ष रहेकै बेला पक्राउ परेका कार्लोस गोसनको अभावबाट अघि बढिरहेको कम्पनीलाई आर्थिक हिसाबले झड्का दिने यो अर्को घटना बनेको छ । 

‘निशानले पछिल्लो समय कैयौँ कारहरूमा प्रक्रियागत परीक्षण नभएको भनाइ बजारमा आएपछि कम्पनीले कारहरू फिर्ता गरेर अनुसन्धान अघि बढाउन लागेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘निशानले मुलुकभरबाट ‘तुरून्तै’ झण्डै एक लाख पचास हजार कारहरूलाई फिर्ता माग्नेछ ।’  

निशान कार कम्पनीले घरेलु ‘एसेम्वली प्लान्ट’ मा निर्मित आफ्ना कतिपय सवारी साधनका ब्रेक, गति नाप्ने मिटर र अन्य केही प्रणालीको परीक्षण नभई बजारमा पठाएको पाइएको पुष्टि गरेको छ । 

यसरी फिर्ता ल्याइने कारहरूमा सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को अक्टोबरसम्म बनेका नोट, लिफ, मार्च र क्युवजस्ता सुगठित कारहरूमा त्रुटी भएको प्रतिक्रियापछि यि सहित विभिन्न १० प्रकारका कारका डेढ लाख पिसलाई फिर्ता गर्न लागेको हो । 

कम्पनीले कार फिर्ता ल्याउने कुरा आफ्ना अधिकारीहरूमाझ बिहीबार जानकारी गराएको विज्ञप्तिमा जनाइएको छ । 

निशानका उपाध्यक्ष सेइजी होन्डाले भने, ‘कम्पनीले समस्या देखिएका भनिएका गाडीहरूको आन्तरिक प्रणाली यसको नियमनकारी निकायमार्फत पुनः परीक्षण गर्ने र सही परीक्षणपछि मात्र पुनः बजारमा पठाइनेछ ।’ हामीले सबै सम्बद्ध पक्षको विश्वास पुनः प्राप्त गर्न कडा मेहनत गर्नेछौँ । 

अख्तियारी नपाएका कर्मचारीद्वारा केही सवारी साधनको आन्तरिक यान्त्रिक प्रणालीको परीक्षण गरी बजारमा पठाएको आरोपपछि उक्त कम्पनीले गत बर्ष पनि १० लाखभन्दा बढी गाडीहरूलाई फिर्ता गरी आवश्यक परीक्षण गरेको थियो । 

जुलाईमा आएको अर्को फरक मुद्दामा निशानले ‘एक्जस्ट इमिसन’ र ‘इकोनोमी मोड’ बारे प्रचार गरिएका डाटा नै झुटा भएको आरोपपछि यस बिषयमा ग्राहकको विश्वास जित्न कठीन भएको थियो । 

‘के गोसन, जसलाई फ्रान्समा ‘ले कोस्ट किलर’ का नामबाट चिनिन्छ, ले आफ्नो कार्यकालमा व्यापक मूल्य कटौति गरी पठाउने शिलशिलामा सम्भवतः परीक्षणमा त्रुटी भएको हो,’ होन्डाले बताए । 

उनले थपे, ‘हामीले गत बर्षको र पछिल्लो परीक्षण समस्या एउटै हो वा होइन यसबारे अध्ययन भइरहेको छ ।’ 

निशानका अध्यक्ष रहेकै समय आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका गोसन र एक अर्का अधिकारीलाई कम्पनीले जिम्मेवारीबाट मुक्त गरेको छ । यद्यपि गोसनले आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै यसको खण्डन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप