शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजदेखि कलेजमा आमरण अनशन सुरु

शुक्रबार, २१ मङ्सिर २०७५, १९ : ५९
शुक्रबार, २१ मङ्सिर २०७५

खस्यौली । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी इञ्जिनीयरिङ कलेजमा आजदेखि आमरण अनशन शुरु गरिएको छ । 

विभिन्न माग राखेर तीन दिनअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका विद्यार्थीले माग पूरा नभएको भन्दै आमरण अनशन शुरु गरिएको अनेरास्ववियुका कलेज अध्यक्ष सुझाव पौडेलले जानकारी दिए । 

उनले क्याम्पस प्रशासनले आफूहरुलाई वार्तामा नबोलाएको उल्लेख गर्दै माग पूरा नभएसम्म अनशन जारी राख्ने बताए । अनशनमा अध्यक्ष पौडेल र उपाध्यक्ष प्रदीप पन्त रहेका छन् । विद्यार्थीले यातायात शुल्क कटौतीलगायतका माग गरेका छन् । 

कलेजका प्रमुख शिवराज बरालले यातायात शुल्क कटौती गर्न समय माग भएको उल्लेख गर्दै त्यसको लागि बोर्डले निर्णय गर्ने जानकारी दिए । 

उनले विद्यार्थीका अधिकांश माग पूरा भएका जिकिर गर्दै आमरण अनशनको विषयमा क्याम्पसलाई पूर्व जानकारी नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप