शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानविरुद्ध न्युजिल्यान्ड विजयी

शुक्रबार, २१ मङ्सिर २०७५, १९ : ५२
शुक्रबार, २१ मङ्सिर २०७५

एजेन्सी– पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिज न्युजिल्यान्डले २–१ ले जितेको छ । युएईमा सुक्रबार तेस्रो तथा अन्तिम टेष्टमा न्युजिल्यान्डले पाकिस्तानलाई एक सय २३ रनले हराउँदै सिरिज जितेको हो ।

न्युजिल्यान्डले दिएको दुई सय ८० रनको लक्ष्यसहित दोस्रो इनिङ थालेको पाकिस्तान ५६.१ ओभरमा सबै विकेट गुमाएर एक सय ५६ रनमा समेटिएको थियो । पाकिस्तानका बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ खेले । सर्फराज अहमेदले २८ र इमाम उलहकले २२ रन बनाए । न्युजिल्यान्डका टिम साउथे, अजाज पटेल र विलियमले समरभिल्लेले तीन तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले दोस्रो इनिङमा सात विकेटको क्षतिमा तीन ५३ रन जोड्दै इनिङ समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डका लागि केन विलियमसनले एक सय ३९ र हेनरी निक्होल्सले एक २६ रन बनाए ।

पहिलो इनिङमा न्युजिल्यान्डले सबै विकेट गुमाएर दुई ७४ रन जोडेको थियो । पाकिस्तानले भने पहिलो इनिङसमा तीन सय ४८ रनको योगफल तयार गरेको थियो । पाकिस्तानका अजर अलीले एक ३४ र अशाद साफिकले एक सय ४ रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप