शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्तारुढ दल नेकपालाई मान्यता दिएको भन्दै ऋषि कट्टेलले हाले  सर्वोच्चमा रिट

शुक्रबार, २१ मङ्सिर २०७५, १९ : ४७
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं– ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई संविधान र निर्वाचन ऐनविपरित दर्ता गराएको भन्दै सो पार्टीले शुक्रबार सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आदेशको माग गदै रिट दायर गरेको हो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग नाम जुधाएर सत्ताधारी पार्टी ‘‘नेपाल कम्युनिष्ट पार्टी’  (ने क पा)’ लाई देशको संविधान र निर्वाचन ऐन विपरित आयोगमा दर्ता गराएको र त्यसका विरुद्ध निर्वाचन अयोगमा उजुुरी  दिँदा उल्टै आयोगको इजलाशले संविधान र निर्वाचन ऐन उल्लंघन गरेर गलत फैसला गरेको सो पार्टीले आरोप लगएको छ ।
रिट दायर गरेलगत्तै सो पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,   ‘‘नेपाल कम्युनिष्ट पार्टी’ कोष्ठ भित्रको (ने क पा)’ लाई दिएको  दर्तालाईनै सदर गर्दै पुनः संविधान र निर्वाचन ऐन विपरित गएकोले त्यस गलत फैसलामा चित्त नबुझी नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज सर्वोच्चमा रिट दायर गरेको हो ।’ 

रिट दर्ता गरेपछि सर्वोच्चले यही २०७५ मंसीर २४ गते पहिलो पेशीको तारिख दिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप