बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा छोराले गरे बुबा र ठूलो बुबाको हत्या, आमा गम्भिर घाइते

शुक्रबार, २१ मङ्सिर २०७५, १९ : ४७
शुक्रबार, २१ मङ्सिर २०७५

कैलाली । लम्कीचुहा नगरपालिका–४ बलियाका जहवारलाल चौधरीले आज आफ्नै घरमा बुबा र ठूलो बुबाको हत्या गरेका छन् । 

बिहान ओछ्यानमा सुतेको अवस्थामा जहवारले बुबा ५५ वर्षीय चक्रा थारू र ठूलो बुबा ६० वर्षीय पल्टु थारूको टाउकोमा चिरपट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जैसीले जानकारी दिए । 

उनले आमा दिलबहारीदेवी चौधरीमाथि पनि चिरपट प्रहार गरी घाइते बनाएका छन् । उनको टाउकोमा चोट पुगेको छ ।

गम्भीर घाइते उनलाई उपचारका लागि लालरत्न अस्पताल भर्ना गरिएको छ । प्रहरीले जहवारलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक जैसीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप