बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति भण्डारी शनिबार लुम्बिनी जाँदै

शुक्रबार, २१ मङ्सिर २०७५, १९ : २७
शुक्रबार, २१ मङ्सिर २०७५

लुम्बिनी– राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार बुद्ध जन्मभूमि लुम्बिनीमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी लुम्बिनी बौद्धविश्व विद्यालयको १४ औं बार्षिक उत्सव तथा भवन उदघाटनका लागि बुद्धजन्मथलो लुम्बिनी जान लागेकी हुन् ।  

राष्ट्रपति भण्डारीले शनिवार बिहान साढे १० बजे १४ औं बाषर््िाक समारोहको प्रमुख आथियत्ता गृहण गर्नुका साथै नवनिर्मित छात्रछात्रावास,शिक्षक आवास, उदघाटन गर्ने कार्यक्रम तय भएको लुम्बिनी बौद्धविश्वविद्यालयले जनाएको छ । 

यसै गरि बार्षिक उत्सव समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पर्यटन तथा नागरिक उड्डयन संस्कृति मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री प्रदेश प्रमुख र प्रदेश नं. ५ का मुख्यमन्त्री समेतलाई बिशिष्ट अतिथीका रुपमा सरीक हुने लुम्बिनी बौद्ध बिश्वबिद्यालयका कार्यबाहक उपकूलपति एवं रजिष्टार तिलकराम आचार्यले जानकारी गराए । 

उनले कार्यक्रमलाई सफल बनाउनका लागि लुम्बिनी क्षेत्रका शैक्षिक संघ,संस्था,बौद्धभिक्षु उपासक ,उपासिका तथा स्थानीय नागरिक समाजका अगुवाहरुलाई निमन्त्रणा पाठाइएको बताए । 

राष्ट्रपति भण्डारीको लुम्बिनी आगमन संर्दभमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्रप्रहरी,दंगा प्रहरी चारवटै सुरक्षा अंगलाई परिचालन गरि बिशेष सुरक्षा ब्यवस्था गरिएको रुपन्देही प्रमुख जिल्ला अधिकारी उदय रानाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप