बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गणेशमानसिंहको स्मृतिमा बक्सिङ प्रतियोगिता हुँदै

शुक्रबार, २१ मङ्सिर २०७५, १९ : ०२
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं– स्वर्गीय गणेशमान सिंहको स्मृतिमा आगामी माघ २२ देखि २६ गतेसम्म बसन्तपुर डबलीमा वीर गणेशमानसिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने ठूलो धनराशीको यस प्रतियोगिातमा सातवटै प्रदेशबाट छनोट भएर आएका खेलाडीको सहभागिता रहनेछ ।

सहभागी खेलाडीले पुरुषतर्फ आठ र महिलातर्फ ६ तौल समूहमा प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा संयोजक राजीव श्रेष्ठले बताए । प्रदे छनोट यही मंसिर २८ गदेदेखि सुरु हुने बताइएको छ ।  

८० लाख रुपैयाँ लगानीमा सञ्चालन हुने प्रतियोगितालाई नेपाल सरकारले ५० लाख रुपैयाँ बजेट दिएको छ । नपुग रकम आयोजकले विभिन्न प्रायोजकबाट संकलन गर्ने बताईएको छ । प्रत्येक तोलका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र सेमिफाइनलमा पुग्नेलाई सात हजार ५ सय रुपैयाँ प्रदान गरिने पनि आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप