बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

४० वर्षीय पुरुषद्वारा ५ वर्षीया बालिका बलात्कृत

शुक्रबार, २१ मङ्सिर २०७५, १८ : १६
शुक्रबार, २१ मङ्सिर २०७५

–गणेश खनाल
अर्घाखाँची– अर्घाखाँचीका एक पुरुष ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।  जिल्लाको शितगंगा नगरपालिका वडा नं १३ सिमलपानी हिटनटोला बस्ने ४० वर्षीय राजु भन्ने देववहादुर सुनाखरीलाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको हो  ।

सितगंगा नगरपालिकको स्थानीय स्कुलमा शिशु कक्षामा अध्ययन गर्ने बालिका स्कुल सकिएपछि घर फर्किने क्रममा बुधवार शीतगंगा नगरपालिका वडा नं १३ थाप्लेवारी भेँडामारे भन्ने स्थानमा बलात्कृत भएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए । 

‘सँधै छोरी ३ बजेतिर घरमा आईपुग्थिन् तर त्यसदिन बेलुकासम्म छोरी घरमा आईनन्, खोजतलासका लागि गाँउतिर जाँदा उनी रुँदैरुँदै घरतिर आउदै गरेको भेटिइन्’ बालिकाका बुवाले भने, ‘हामीले छोरीसँग सोधपुछ गर्दा र शरीर चेकजाँच गर्दा छोरीको यौनीबाट रगत बगेको भेट्यौं,त्यसपछि छोरीको बलात्कार भएको बुझेर तत्काल प्रहरीलाई खबर गरेका हौं ।’

अभियुक्तले गल्ती गरेको स्वीकार गरिसकेकाले कानुनअनुसार कार्वाही प्रक्रिया अगाडी बढाइएको प्रमुख मल्लले जानाकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पीडित बालिकाको स्वास्थ्यअवस्था खतरा मुक्त रहेको छ । घटनाका अभियुक्तलाई जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप भएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप