शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिनाथ, बौद्धनाथ र पाटन दरबार परिसरमा विश्वकप ट्रफी प्रदर्शनी (फोटोफिचर)

शुक्रबार, २१ मङ्सिर २०७५, १८ : ०३
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं– विश्व सम्पदा सूचीमा रहेका पाटन दरबार परिसर  लगायतका स्थानमा शुक्रबार रग्बीको विश्वकप ट्रफी प्रदर्शनी गरिएको छ । केही दिनअघि नेपाल आइपुगेको विश्वकप ट्रफी प्रदर्शनीको क्रममा नेपाली राष्ट्रिय रग्बी टोलीका महिला र पुरुष खेलाडीले ट्रफीको अवलोकन गर्दै फोटो समेत खिचाएका छन् । विभिन्न स्कुलका बालबालिकाले पनि ट्रफीको अवलोकन गरेका थिए ।

विश्व सम्पदा सूचीमा सुचीकृत स्थानमा ट्रफी प्रदर्शनी गर्ने कार्यक्रम अनुसार ट्रफी पाटनमा लगिएको हो । त्यसअघि ट्रफी स्वयम्भुनाथमा पनि प्रदर्शनी गरिएको थियो । ट्रफी शुक्रबारनै बौद्धनाथ र पशुपतिनाथमा पनि लगिएको थियो । यसअघि बिहिबार ट्रफी सगरमाथाको आधार शिविर नजिक कालापत्थरमा लगिएको थियो । विश्वकप ट्रफी शनिबार टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभल कार्यक्रममा पनि प्रदर्शनी गरिनेछ छ । ट्रफी बुधबार नेपाल ल्याईएको हो । तस्विर : सुवास श्रेष्ठ /रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप