बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्थिक पत्रकार संघमा नयाँ कार्यसमिति

शुक्रबार, २१ मङ्सिर २०७५, १७ : १४
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं– आर्थिक पत्रकार संघको चौथो महासभाले सिताराम भट्टराईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न चौथो महासभाले भट्टराईको अध्यक्षतामा नाफिजको नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

संघको उपाध्यक्षहरुमा इन्द्र बाँनिया, राजेश बर्मा र छविलाल बगाले चयन भएका छन् । यसैगरी महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे चयन भएका छन् ।
कार्यसमितिको कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् भने  सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल चयन भएका छन् ।

कार्यक्रको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री  गोकुल बास्कोटाले ले गरेका थिए भने उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरेका थिए । महासभाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले सरकारले राम्रोसँग काम गर्न खोजेपनि अरुले सरकारको गति बुझ्न नसकेको बताए ।

मन्त्री बास्कोटाले ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सनलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुको साटो  अदालतले उन्मुक्ति दिएकोमा असन्तुष्टि ब्यक्त गरे । त्यसैगरि उनले महाभुकम्पपछि प्रतिबद्धता व्यक्त गरेको रकम बिभिन्न दातृ निकायले अहिले सम्म नदिएर मानवीय संबेदननामाथि खेलवाड गरेको आरोप लगाए ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. युबराज खतिवडाले एउटै उदेश्य भएका सस्थाहरु अलग अलग हुनुको साटो एकीकृत भएर अघि बढ्न सुझाव दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप