शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय बाणिज्य बैंक र टिच फर नेपालबीच सम्झौता

शुक्रबार, २१ मङ्सिर २०७५, १५ : १५
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र टिच फर नेपालबीच सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि १० लाख रुपैंया आर्थिक सहयोग गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालबीच हस्ताक्षर भयो ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक, सामाजिक तथा मानविय क्षेत्रमा सहयोग गरिरहेको र भविश्यमा थप सहयोग गर्दै जाने बताए ।

त्यसैगरी टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालले संस्थाको उद्देश्य तथा गरेका कार्यहरुका बारेमा प्रकाश पारे । टिच फर नेपाल संस्थाले दाङ्ग, लमजुङ्ग, पर्सा, धनुषा, ललितपुर र सिन्धुपाल्चोक जिल्लामा रहेका ५१ वटा सामुदायिक विद्यालयका ११० स्वयम् सेवक शिक्षक मार्फत १० हजार विद्यार्थीहरुलाई अध्यापन गराई शैक्षिक गुणस्तर बृद्धिका लागि कार्य गरिरहेको छ ।

उक्त समारोहमा राष्ट्रिय बाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्धय कविराज अधिकारी, सुशिल श्रेष्ठ, नायव महाप्रवन्धकहरु केसवप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु, टिच फर नेपाल संस्थाका तर्फबाट प्रज्वल खड्काको उपस्थिती रहेको थियो ।

बैंकको हाल ७४ जिल्लामा २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकको हाल १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको छ ।

         
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप