मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विराट एक्स्पोमा २० करोडको कारोबार हुने अनुमान

शुक्रबार, २१ मङ्सिर २०७५, १५ : ०६
शुक्रबार, २१ मङ्सिर २०७५

विराटनगर– मोरङ व्यापार सङ्घ विराटनगरले विराट ट्रेड एक्स्पो–२०१८ को लगभग तयारी पूरा भएको जनाएको छ ।  प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको शङ्करपुरमार्ग विराट मेडिकल अस्पतालको नजिकै पुस ६ देखि १४ गतेसम्म लाग्ने सो मेलामा प्रत्यक्षरूपमा रु २० करोडको आर्थिक कारोवार हुने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घ मेला समितिका सदस्य ललित सिङ्कडाले जानकारी दिए । 

मेलामा नेपाल भारत, पाकिस्तान र बङ्गलादेशका गरी २३९ स्टल रहने बताइको छ । दैनिक उपभोग्य सामग्री, मेसिनरी पार्टपुर्जा, गाडी, तयारी पोशाक, छालाका सामान, हस्तकलाका सामग्री, साडी, कृषि सामग्री, मोबाइल र टेलिफोन जस्ता सामानको स्टल रहने मेलामा करिब दुई लाख आगन्तुक प्रवेश गर्ने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप