शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखा एकैसाथ संचालनमा

शुक्रबार, २१ मङ्सिर २०७५, १४ : ५७
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं–माछापुच्छ्र बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले यही मंसिर २१ गते मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिका स्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको हो ।

हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपमा गरे । त्यसैगरी, इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठले संयुक्त रुपमा गरे र कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । 

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यस बैकले २०७५ साल आश्विन मसान्तसम्म ७७ अर्व निक्षेप परिचालन गरी ७१ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ३७ करोड खुद मुनाफा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप