शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘गरुड पुराण’को गीतमा ५० हजारको उपहार

शुक्रबार, २१ मङ्सिर २०७५, १४ : ३१
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं– फिल्म ‘गरुड पुराण’ ले आफ्नो गीत ‘म त पिरिममा’ गाउने दर्शकका लागि उपहार योजनासमेत ल्याएको छ ।  गीतको कभर भिडियो निर्माण गर्नेले ५० हजार नगद जित्न सक्ने योजना निर्माण युनिटले अहिले सार्वजनिक गरेको छ । केही पहिले सार्वजनिक यो गीतको बढ्दो लोकप्रियतालाई ख्याल गर्दै यो उपहार योजना ल्याइएको हो । 

गीतमा कभर भिडियो निर्माण गर्ने मध्यबाट उत्कृष्ट एकले नगद रु ५० हजारका साथै एउटा म्युजिक भिडियो र फोटोसेसनको अवसर पनि राखिएको निर्देशक सुवास कोइरालाले बताए ।  गीतको लोकप्रियतालाई देखेर कभर भिडियो घोषणा गरेका छांै’ उनले भने ‘गीतको बारेमा प्राप्त फिडब्याकमा अधिकाँश सकारात्मक छन् ।’

दिनेश राउतको शब्द रहेको गीतमा कोसिस क्षेत्रीको संगीत छ । कोसिस र मनिषा पोखरेलले स्वर दिएको गीतमा रेनाशा वान्तवा राईले कोरियोग्राफी छ । निश्चल बस्नेत, कर्मा, प्रियंकासिंह ठकुरी र अन्जली योन्जनको नृत्य गीतमा छ ।

भिडियोहरु मदानी क्रिएसनको युट्युब च्यानलमार्फत अपलोड गरिनेछ । यसलाई भ्युजको आधारमा उत्कृष्टता घोषणा गरिनेछ । माघ ४ मा रिलिज हुने फिल्ममा नजिर हुसेन, कामेश्वर चौरसिया, प्रविन खतिवडा, प्रकाश घिमिरे ,रश्मी भट्ट लगायतको अभिनय रहेको छ । 

आकाश बराल, विनोद खतिवडा र सुवास आफंैले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप