बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूयोर्कस्थित सिएनएन टेलिभिजनको कार्यालयमा बम राखेको चेतावनी आएपछि...

शुक्रबार, २१ मङ्सिर २०७५, १३ : ५८
शुक्रबार, २१ मङ्सिर २०७५

न्यूयोर्क– अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलफोनबाट चेतावनी दिएपछि सो कार्यालयलाई प्रहरीले खाली गराएको छ । 

स्थानीय समय अनुसार बिहीबार राती १० बजे सिएनएन कार्यालयका विभिन्न पाँच स्थानमा पाँचवटा बम राखिएको भनी एक अज्ञात व्यक्तिले टेलिफोनबाट चेतावनी दिएका थिए । 

सिएनएन कार्यालय भवनमा प्रहरीले प्रारम्भिक खोजीपछि सो कार्यालयलाई खाली गराइएको थियो । 

टेलिभिजन प्रसारणको कार्य अस्थायी प्रबन्ध गरी जारी नै राखिएको छ ।  गएको अक्टोबर महिनामा पनि सो कार्यालयमा बम राखिएको यस्तै समाचार आएको थियो । सो समाचारपछि त्यसबखत पनि एक शंकास्पद वस्तु भेटिएको थियो । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप