बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री हुन् : खड्का

शुक्रबार, २१ मङ्सिर २०७५, १३ : ४२
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं– शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शाही यूवा शक्ति, नेपालले आगामी पुष १ गते काठमाडौंमा गर्न लागिएको विशाल मोटरसाईकल र्यालीको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाएका हुन् ।  

खड्काले भने,‘वर्तमान शासन सत्ता जनताको भावनाविपरित चलेको छ, गणतन्त्रभन्दा सक्रिय राजतन्त्र एकदमै जनपक्षीय थियो, केही निश्चित् नेताहरुको स्वार्थमा जनताहरु रनभुल्लमा परेर हिजोको दिनमा गल्ति गरेका हुन, अब चेतिसकेका छन्, सरकारले राष्ट्र, राष्ट्रियता र धर्मलाई डलरमा बिक्री गरेको छ, नेपाली जनताहरुले आफ्नो धर्म, राष्ट्र र राष्ट्रियताका बारेमा गम्भिर बन्नुपर्ने स्थिति आएको छ ।’ 

वर्तमान सरकार र सरकारका मन्त्रीहरुका क्रियाकलापहरुलाई जनताले अस्वीकार गरेको दाबी गर्दै अध्यक्ष खड्काले भने, ‘देशमा राजतन्त्र चाहिन्छ, अहिलेका नेताहरुभन्दा राजा कयौं गुणा ठीक रहेछन्, भन्ने जनताले महशुस गरिसकेका छन् ।’ 

पहिलोपटक १९१० मा जंगबहादुर राणा र दोस्रोपटक २०२० सालमा राजा महेन्द्र शाहको पालामा बनेको मुलुकी ऐनको सम्झनामा मात्र शाही यूवा शक्ति नेपालले पुस १ गते विशाल मोटरसाईकल ¥यालीको आयोजना गरेको बताउँदै अध्यक्ष खड्काले यो तेश्रो पटकको आयोजना भएको बताए । उनले भने,‘पाँच विकास क्षत्र, १४ अञ्चल र ७५ जिल्ला कायम राख्ने र राजतन्त्रात्मक शासन व्यवस्थाका आधारमा मुलुकलाई विकसित र आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।’ 

कार्यक्रममा शाही यूवा शक्ति नेपालका प्रवक्ता गोविन्द ढुङ्गाना, उपाध्यक्ष मञ्जु थापा, सचिव राम बस्नेत, केन्द्रीय सदस्यहरु सन्देश साह, साङ्गे लामा, ईश्वर ढुङ्गाना, काठमाडौं जिल्ला अध्यक्ष भोला प्रसाद पौडेललगायतले वर्तमान सरकार र गणतन्त्रको विरोध गर्दै राजतन्त्रको आवश्यकता औंल्याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप