शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठको खेलमा स्थानीय निकाय : कर्मचारीबीच द्वन्द्व

बुधबार, ११ साउन २०७४, ०६ : १३
बुधबार, ११ साउन २०७४

सरकारले पटक पटक ताकेता गरे पनि जिल्लाका दुई दर्जन जति विषयगत कार्यालयका कर्मचारी स्थानीय तहमा जान मानिरहेका छैनन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

त्यस्तै परे राजीनामा दिन्छु, सरकारले खटाएको ठाउँमा जान्नँ भन्ने मनोबल विभिन्न मन्त्रालय अन्तर्गतका विषयगत कार्यालयका कर्मचारीहरुमा बढ्दै गएको पाइएको छ ।

जिल्लामा रहेका विषयगत सरकारी कार्यालय स्वास्थ्य, शिक्षा, वन, कृषि, पशु, सिँचाइ, महिलालगायत कार्यालयका कर्मचारीहरुले स्थानीय तहमा जान खासै इच्छा देखाएको पाइँदैन ।

काठमाडौं, ललितपुर र भक्तपुरलगायत शहरी क्षेत्रमा रहेका स्थानीय तहमा खटिएका एकाध कर्मचारीहरुले पनि आफ्नो जिम्मेवारीभन्दा स्थानीय तहमा पहिलेदेखि कार्यरत कर्मचारीहरु हटाएर आफूलाई वरिष्ठ बनाउनुपर्ने सर्त राख्ने गरेको पाइएको छ ।

यसले गर्दा समायोजन भएर आएका कर्मचारीहरु र स्थानीय तहका कर्मचारीबीच विावद र द्वन्द्व हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप