शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका चोपडालाई ‘अन्तर्राष्ट्रिय धोकेबाज कलाकार’ र ‘सम्पत्तीको भोको’ बताउने म्यागजिनले माफी माग्यो

शुक्रबार, २१ मङ्सिर २०७५, ११ : २४
शुक्रबार, २१ मङ्सिर २०७५

प्रियंका चोपडालाई घोटाला कलाकार र सम्पत्तिको भोको बताउने एक आर्टिकललाई न्यूयोर्क म्यागजिनले आफ्नो वेबसाइटबाट हटाएको छ ।

द कटले गत डिसेम्बर ४ तारिखमा इडिटर नोटः प्रियंका र निक जोनस शीर्षकमा प्रकाशित गर्न नहुने आर्टिकल छापेकोमा पाठक, प्रियंका र निकसँग माफी मागेको छ । ‘हामीले उक्त आर्टिकलसम्बन्धि विभिन्न रोषयुक्त मेसेज पायौं । हामी यो भन्न चाहन्छौं कि हामी तपाईंलाई सुन्छौं र यसका लागि माफी माग्छौं,’ यसमा लेखिएको छ ।

‘यसलाई मानवीय त्रुटी र खराब निर्णयको उपज हो भन्दा फरक नपर्ला । यो हाम्रो गल्ती हो ।’

उक्त आर्टिकल म्यागजिनको ‘द कट’ वेबसाइटमा राखिएको थियो । सेलिब्रिटी राइटर मारिया स्मिथले के प्रियंका चोपडा र निक जोनसबीचको प्रेम वास्तविक हो ? भन्ने शीर्षकमा प्रियंकाले निकलाई करियर र पैसाका लागि विवाह गरेको टिप्पणी गरेकी थिइन् ।

आर्टिकलमा यस्तो भनिएको थियोः

- सन् २०१६ मा निकले प्रियंकाको ट्वीटरमा डायरेक्ट मेसेज गरे । जवाफमा प्रियंकाले आफ्नो पर्सनल नम्बरमा टेक्स्ट गर्न भनिन् किनभने उनको ट्वीटर उसको टीमले हेर्दथ्यो । मारिया स्मिथका अनुसार यो प्रियंका हलिउडमा प्रवेश गरेपछिको अहंकारको परिचय हो । स्मिथले प्रश्न गरेकी थिइन्, ‘एक सेलिब्रिटीलाई उनले कसरी अर्को ठाउँमा मेसेज गर भन्न सकिन् ।’

- प्रियंकालाई सेल्फ मेड अर्थात् आफ्नै मेहनतले सफल भएकी महिला बताइन्छ । यस्ती महिला भइकन पनि उनी आफ्नो विलासी जीवनशैलीका लागि किन यति धेरै खर्चिन्छिन् ?

- निक जोनसको आफूभन्दा बढी उमेरका महिलासँग डेट गर्ने गरेको इतिहास नै छ । तर प्रियंका, जो अहिलेसम्म आफ्नो नीजि जीवनबारे चुप थिइन्, उनी अचानक यति धेरै कुराकानी किन गर्न थालिन् ?

- प्रियंकाले निकलाई विवाहका बेला घोडामा चढाइन् किनभने उनी एक खराब महिला हुन् ।

- प्रियंका पैसाको भोकी हुन् त्यसकारण विवाहलाई बेचेकी हुन् । निकले यसको विरोध गर्नुपर्दथ्यो तर बिचरा प्रेममा अन्धो छन् ।

- प्रियंका एक अन्तर्राष्ट्रिय स्तरको धोकेबाज कलाकार हुन् ।

उक्त आर्टिकलको खण्डन गर्न धेरैले सोसल साइटको सहारा लिएका थिए जसमा द कट र लेखिकाको निकै आलोचना गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप