शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छोटो बाहुला भएको लुगा लगाएको भन्दै अष्ट्रेलियाको संसदबाट महिला पत्रकार निकालिइन्, सरकारले माफी माग्नुपर्यो

शुक्रबार, २१ मङ्सिर २०७५, ०८ : ०५
शुक्रबार, २१ मङ्सिर २०७५

एक महिला पत्रकारले छोटो बाहुला भएको टिसर्ट लगाएको कारण देखाउँदै  अष्ट्रेलियाको संसदले बाहिर निस्कन भनेको छ ।

एबीसीकी समाचार प्रस्तोता प्याट्रिसिया कार्भेलासले गत सोमबार आफ्नो ट्वीटर अकाउन्टमा अत्यधिक छाला देखाएको भन्दै संसदबाट बाहिर निकालिएको जानकारी दिएकी हुन् ।

उनले संसदको ड्रेस कोडलाई पालना गर्दै छोटो बाहुला भएको स्मार्ट ब्लाउज लगाएको बताएकी छिन् । उक्त ब्लाउजको उनले फोटोसमेत पोष्ट गरेकी छिन् ।

उक्त घटनाले ट्वीटरमा तहल्का नै मच्चाएको थियो । अष्ट्रेलियाली महिलाले आफ्नो पाखुरा देखाएर फोटो पोष्ट गरिरहेका छन् । घटनाबारे सर्वत्र चर्चा हुन थालेपछि अष्ट्रेलियाली सरकारले माफी माग्दै उनलाई संसद छोड्न नभनेको स्पष्ट पारेको छ ।

रक्षामन्त्री क्रिस्टोफर पाइनले संसदमा भने, ‘हिजो मिस कार्भेलसलाई संसदको प्रेस ग्यालरीबाट बाहिर निस्कन भनिएकोमा म संसदको तर्फबाट माफी माग्न चाहन्छु ।’

प्रवक्ता टोनी स्मिथले उक्त घटनापश्चात् संसदको ड्रेस कोड समिक्षा गर्न अह्राएको बताएका छन् । उनले भने, ‘ती महिला पत्रकारले भद्र पहिरन नै लगाएकी थिइन् । उनलाई त्यहाँबाट बाहिर निस्कन भनिन हुँदैनथ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप