कालापत्थर पुग्यो रग्बी विश्वकप ट्रफी

काठमाडौं । जापानमा सन् २०१९ को सेप्टेम्बर महिनामा आयोजना हुने रग्बी विश्वकप ट्रफी बिहिबार सगरमाथाको आधार शिविरमा प्रदर्शनी गरिएको छ । बुधबारमात्र नेपाल भ्रणमा ल्याईएको ट्रफी बिहिबार सगरमाथाको आधार शिविर कालापत्थरमा प्रदर्शनी गरिएको हो ।
रग्बीको विश्वकप ट्रफी टुर अन्तर्गत नेपालमा पनि ल्याईएको हो । ट्रफी शुक्रबार विश्व सम्पदा सूचीमा रहेका काठमाडौंको स्वयम्भुनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिने कायक्रम रहेको नेपाल रग्वी संघले जनाएको छ ।
मंसिर २२ गते टुँडिखेलमा रग्वी फेस्टिभलसँगै ट्रफीको प्रदर्शनी गरिनेछछ । फेस्टिभलमा स्कुल रग्वी प्रतियोगिता, महिला रग्वी सेभेन, पुरुष रग्वी प्रतियोगिता र लाइभ कन्सर्ट समेत हुने आयोजकले जनाएको छ । ट्रफी टुरको अन्तिम दिन मंसिर २३ गते राष्ट्रपति लगायत विशिष्ट व्यक्तित्वसँग फोटो खिच्ने र प्रदर्शनी गरिने कार्यकम छ ।
नेपालमा पहिलोपटक रग्बीको विश्वकप ट्रफी ल्याईएको हो । नेपालमा यसअघि विश्वकप फुटबल र विश्वकप क्रिकेटको ट्रफी टुर गराईएको थियो । रग्वी विश्वकप सन् २०१९ को सेप्टेम्बरमा जापानमा हुँदैछ । विश्वकपमा देशको सहभागिता रहनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ