बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

बिहीबार, २० मङ्सिर २०७५, २१ : २२
बिहीबार, २० मङ्सिर २०७५

भक्तपुर । काठमाण्डौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प १४१९ नं को मोटरसाइकल दुर्घटना हुदाँ चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २३ वर्षीय कुमार श्रेष्ठको आज मृत्यु भएको छ । 

मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित अरनिको राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठक्कर खाई उक्त दुर्घटना भएको हो । 

मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप