शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय गौरवका आयोजना निर्माणको विषयमा छलफल

बिहीबार, २० मङ्सिर २०७५, २० : २९
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौँ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बसेको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै निर्माण हुनुपर्नेमा जोड दिएका छन् । 

बैठकमा भौतिक पूर्वाधर तथा यातायातमन्त्री रघुवीर महासेठले सबै स्थानीय तहलाई सडक सञ्जालसँग जोडिने योजनाअनुसार सरकारले आगामी चार वर्षभित्र छ हजारदेखि आठ हजार किमी सडक निर्माण गर्ने कार्यमा लागेको बताए ।  

सडक निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित क्षेत्रमा नै छलफल, अनुगमन र काम छिटो गर्ने विषयमा कुरा भइरहेको पनि उनले जानकारी दिए । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेका सात वटा राष्ट्रिय गौरवका आयोजना निर्माण प्रगतिबारे सम्बन्धीत आयोजना प्रमुखले बैठकमा जानकारी गराएका थिए । 

बैठकमा निर्माणाधीन पुष्पलाल मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण सडक आयोजना, काठमाडौँ केरुङ, काठमाडौँ पोखरा, पोखरा लुम्बिनी रेलमार्ग निर्माणमा भइरहेको कार्य प्रगतिबारे जानकारी दिइएको थियो । 

ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान कार्यविधि पारित 

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान कार्यविधि २०७५ पारित गरेको छ । 

समितिको आज बसेको बैठकले कानून कार्यान्वयन प्रभावकारीरुपमा भए÷नभएको अध्ययन गर्ने संयन्त्रका रुपमा सो कार्यविधि तयार गरी पारित गरेको हो । 

समितिका सभापति पर्शुराम मेघी गुरुङले ऐन कार्यान्वयनको चरणमा गएपछि उद्देश्यअनुरुप काम भएको वा नभएको अध्ययन गर्नका लागि कार्यविधि नै तयार गरेको जानकारी दिए । 

कानून बनेपछि सेवाग्राही तथा सर्वसाधारणको पहुँचलाई सुगम र सहज बनाउने तथा समाजमा कानूनको समयसापक्ष भए नभएको अध्ययन गर्नका लागि पनि सो कार्यविधिले काम गर्ने सभापति गुरुङको विश्वास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप