शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लागुऔषध इन्जेक्सनसहित दुईजना पक्राउ

बिहीबार, २० मङ्सिर २०७५, २० : ०७
बिहीबार, २० मङ्सिर २०७५

बारा । इलाका प्रहरी कार्यालय सिमराले लागुऔषध इन्जेक्सनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ५० वर्षीय नैमुद्दिन अन्सारी र १९ वर्षीय लाक्पा शेर्पा रहेका छन् । 

बिहीबार साँझ कार्यलयबाट खटिएको एक टोलीले उनीहरुलाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बाट लुकाईछिपाई काठमाडौंतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरिएको जिप्रकाका प्रवक्ता प्रहरी नायब उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । 

शरीरको विभिन्न भागमा लुकाएर काठमाडौं लैजान लागेको अवस्थामा पक्राउ गरिएका उनीहरुको साथबाट अवैध लागुऔषध डाईजेल्याव ईन्जेक्सन १५०, फेनार्गन ईन्जेक्सन १५० र नुर्फिन ईन्जेक्सन १५० गरी जम्मा ४५० पिस ईन्जेक्सन बरामद गरिएको उनले बताए ।  

उक्त लागुऔषध ईन्जेक्सनसहित निजहरु दुवै  जनालाई बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप