बलिउडका यी जोडी, जो विवाह पहिले रहे ‘लिभिङ टुगेदर’मा
मुम्बई –बलिउड स्टारको जीवन हमेशा चर्चामा रहने गर्दछ । को कहाँ डेट गर्दैछन् ? कसले कसलाई डेट गर्दैछ ? आदी÷इत्यादी समाचारको बिषय बन्ने गरेको छ । आज चर्चा बलिउडमा ति स्टारको गर्न खोजिएको छ । जो विवाह पहिले लिभिङ रिलेसनमा समेत रहेका थिए ।
अनुष्का शर्मा र विराट कोहली
अनुष्का र विराट गतबर्ष विवाह बन्धनमा बाँधिए । यी दुवैको प्रेम चर्चा निकै भयो । इटालीमा गुपचुप विवाह गरेका यो जोडी विवाह अगाडि लिभिङ टुगेदरमा केही बर्ष रहेका थिए ।
सैफ अली र करीना कपुर
करिना कपुर खान र सैफ अली खानले २०१२ मा विवाह गरे । फिल्म ‘टशन’को सुटिङको दौरानमा यी दुवै एकअर्काको नजिक भए । सम्बन्ध अगाडि बढ्दै जाँदा उनीहरु बिच प्रेम बस्यो । विवाह अगाडि यी दुवै रिलेसनसिपमा समेत रहेका थिए ।
कुणाल खेमु र सोहा अली खान
अभिनेत्री सोहाको पनि कुणालसँग रिलेसनसिपपछि विवाह भएको थियो । विवाह पछि दुवै एकदमै खुसी छन् । दुवैको एक छोरा छन् ।
आमिर खान र किरण राव
विवाह अगाडि रिलेसनसिपमा रहेका कलाकार जोडीमा आमिर र किरणको नाम पनि आउँछ । किरण अनिलकी दोस्रो पत्नी हुन् । आमिर र किरण केही बर्ष रिलेसनसिपपछि विवाहमा बाँधिएका हुन् ।
ट्युलिप जोशी र कप्तान विनोद
अभिनेत्री ट्युलिप जोशीले पनि कप्तान विनोदसँग विवाह लिभिङ टुगेदरपछि गरेकी हुन् । यी दुवै लामो समय लिभिङ टुगेदरमा रहेका थिए ।