शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रेन्ड्ससँगको बराबरीले आर्मीलाई दबाब

बिहीबार, २० मङ्सिर २०७५, १९ : ४३
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं– पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौं खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ । एन्फा मैदानमा बिहिबार भएको खेलमा कमजोर टोली फ्रेन्ड्ससँग अंक बाँडेपछि आर्मीलाई उपाधि दौडमा दवाव परेको छ । यस नतिजाले शीर्ष टोली मनाङ मस्र्याङ्दीलाई फाइदा पुगेको छ ।

बिहिबारनै भएको अर्को खेलमा अन्तिमतिर रहेका ब्रिगेड ब्वाईज र मच्छिन्द्र क्लबले पनि गोलरहित बराबरी खेले । दुइवटा बराबरीसँगै लिगमा छैटौं चरणको खेल सकिएको छ । सातौं चरणका खेलहरु शनिबारदेखि सञ्चालन हुनेछन् ।

आर्मीले खेलभर गोल गर्ने अवसर बनाए पनि सफल हुन सकेन । ब्रिगेड र मच्छिन्द्रको निरस खेलमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । छैटौं चरणको समाप्तिसँगै
मनाङले ६ खेलमा शतप्रतिशत जित निकालेर १८ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको थ्रीस्टार र तेस्रो स्थानमा रहेको संकटाको समान १५ अंक छ । दुई बराबर र चार जित हात पारेको आर्मीका १४ अंकसहित चौथो स्थानमा छ । नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले समान १० अंक बनाउँदै पाँचौ र छैटौं स्थानमा छन् ।

च्यासल र एपीएफको समान सात अंक छ । उनीहरु सातौं र आठौं स्थानमा छन् । ६ अंक बनाएको सरस्वती नवौं, पाँच अंक बनाएको फ्रेन्ड्स १० औं, चार–चार अंक बनाएको जाउलाखेल र ब्रिगेड ११ औं र १२ औं स्थानमा छन् । तीन अंक बनाएको मच्छिन्द्र १३ औं र एक अंकमा सिमित एनआरटी १४ औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप