बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्सद्वारा प्रारम्भलाई आर्थिक सहयोग प्रदान

बिहीबार, २० मङ्सिर २०७५, १९ : २६
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले प्रारम्भ नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका  प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा बैंकका  प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले १ लाखको चेक संस्थाका संचालक कल्पना क्षेत्रीलाई हस्तान्तरण गरिन् ।

उक्त रकमबाट काभ्रेको भकुन्डेबेसीमा स्वास्थ्य शिविर संचालन गरिएको छ । उक्त स्वास्थ्य शिविरमा करिव १ हजार जनाको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको छ ।

गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप