शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिजि अटोमाबाइल्सको नयाँ स्कूटर सुजुकी बर्गम्यान १२५ बजारमा

बिहीबार, २० मङ्सिर २०७५, १९ : २१
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं – नेपालको लागि सुजुकी टु ह्वीलर्सको आधिकारिक आयतकर्ता तथा वितरक भिजि अटोमाबाइल्सद्वारा आफ्नो परिवारको एक अर्को नयाँ सदस्य सुजुकी बर्गम्यान १२५ लाई प्रस्तुत गरेको छ । सुजुकी परिवारको प्रिमियम स्कूटर समूहमा यो नयाँ संस्करण हो ।

सुजुकी बर्गम्यान १२५ नेपालमा रहेका सबै सुजुकी शोरुमहरुमा आजबाट सजिलै उपलब्ध छ । यो स्कूटर यसप्रकारको पहिलो त्यस्तो किसिमको म्याक्सी–स्कूटर हो, जसमा १४ इन्चको आकारको ठूला पाँग्राहरु र ट्युबरहित टायर छन्, साथै विभिन्न विशेषताहरुले भरपूर पनि छ ।

सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपि उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्रभागमा डिस्क ब्रेक र पछाडिपट्टि ड्रम युनिट रहेका छन । सुजुकी बर्गम्यान १२४.३ मा रहेको इन्धन ट्याँकमा ५.६ लिटर इन्धन अट्ने क्षमता राख्दछ ।

यसैगरी यो म्याक्सी स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् भनें हावाको बहाव फेर्ने, क्रोम फिनिसिङ, मध्यवर्ती लक प्रणाली, युएसबि चार्ज गर्ने स्थान एवं पञ्जा राख्ने खण्ड जस्ता विविध सुविधाजनक विशेषताहरु पनि अवस्थित छन् ।

यसको ठूलो बनौट र उपयुक्त बृहत हिस्साहरुले यसलाई अत्यन्त आकर्षक बनाउनुका साथसाथै बाक्लो र विस्तारित सिटले यसलाई हाँक्नुको सुखद अनुभूति समेत प्रदान गर्दछ । यो स्कूटर सबै १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापित हुन सक्दछ र यो हरेक चालकले खोजिरहेको एक सम्पूर्ण प्याकेजको स्कूटर पनि हो । सुजुकी बर्गम्यान १२५ को बिक्री शुभारम्भ नेपालमा आजबाट भएको छ र हाल यसको बजार मूल्य २ लाख २९ हजार ९ सय कायम गरेको छ ।

सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । कम्पनीसँग सबै वर्गका ग्राहकहरु अनुकूलका बाइकहरु रहेका छन् ।

सर्वाधिक पुरस्कृत सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन् । विश्वस्तरीय यी जापानीज बाइक तथा स्कूटरहरु नेपालमा भिजि अटोमोबाइल्सको ७३ वटा डिलर मार्फत् देशभरी नै उपलब्ध छन् । यसैगरी देशभर बिक्रीपछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने क्षमता राख्ने यस कम्पनीले देशभर सेल्स, सर्भिस र स्पियर्स उपलब्ध गराउदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप