बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नीजि क्षेत्रलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष प्रचण्ड

बिहीबार, २० मङ्सिर २०७५, ०९ : ४९
बिहीबार, २० मङ्सिर २०७५

बुटवल– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राज्यले नीजि क्षेत्रलाई नाफा कमाउने वातावरण नदिएसम्म यो देशको विकास नहुने बताएका छन् । आजदेखि भैरहवामा शुरु भएको सातौं लुम्बिनी राष्ट्रिय महोत्सवको उदघाट्न गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले नीजि क्षेत्रले नाफा कमाउनु स्वाभाविक रहेको बताउँदै उनले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिए  ।

जनताले यो सरकारबाट धेरै आशा गरेको भन्दै प्रचण्डले भने– ‘चुनावी वाचा पुरा हुन नसकेको ठाउँमा सच्याउने र समीक्षा गर्न हामी तयार छौं, यो कुरामा पार्टीभित्र गम्भिर समिक्षामा जरुरी छ ।’ उनले पार्टी एकताले   जनतामा उत्साह थपेको समेत बताए ।

मंसिर २० देखि पुस १ गतेसम्म ‘पर्यटक, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नारासहित सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा भैरहवामा सातौं लुम्बिनी राष्ट्रिय महोत्सव शुरु भएको हो ।
संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरु बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिन मेलाको आयोजना गरेको बताए ।

स्थानीयस्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार प्रबद्र्घन गर्ने, रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा ब्यापारिक केन्द्रको रुपमा बिस्तार गर्ने, विभिन्न जातजातिका सांस्कृतिक र संस्कारहरुको संरक्षण गर्दै सिद्धार्थनगर र लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटनलाई प्रबद्र्घन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्ठिकृत वस्तु तथा उत्पादनहरुको प्रर्दशनी तथा प्रवद्र्धन गर्नु मेलाको लक्ष्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप