केन्द्रीय संस्करण

जगदम्बा स्टिल्स्द्वारा मृत सागरको आकृति, विश्व किर्तिमानको प्रयास

person access_timeमंसिर २०, २०७५ chat_bubble_outline0

काठमाडौं । स्टेम फाउन्डेशन नेपाल र वातावरण विभागको सहकारिता तथा जगदम्बा स्टिल्स्को सहयोगमा आयोजित कार्यक्रममार्फत प्रयोग भईसकेका प्लास्टिकका झोलाबाट मृत सागरको आकृति बनाई विश्व किर्तिमान राख्ने प्रयास सफल भएको छ ।

कार्यक्रमका लागि सहआयोजक जगदम्बा स्ट्ल्सिले आकृति निर्माणको जिम्मेवारी निर्वाह गरेको थियो, साथै वन्यजन्तु कोषले प्राविधिक सहयोग प्रदान गरेको थियो । सो कार्यक्रममा विभिन्न संघ संस्था तथा विद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा ८७ हजार २३२ थान प्लास्टिकको झोला आकृतिमा बाँधिएको हो । वातावरणमा प्लास्टिकले पारेको असरलाई साङ्केतिक रुपमा सिंगापुरले ६८ हजार प्लास्टिकले अक्टोपसको आकृति निर्माण गरिएको रेकर्ड प्राप्त भएको छ । 

कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री मोहम्मद ईस्तिहाक राईले यस कार्यक्रमको सफलतासँगै प्लास्टिकले वातावरणमा परेको असर न्युनीकरणमा नेपाल सरकार जिम्मेवार रहेको बताए । उनले युवा पुस्ताको यस अभियानलाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हजाराँै नागरिकको उपस्थितिमा सो कार्यक्रम सम्पन्न हुनाले वातावरणप्रतिको संवेदनशिलता बढ्दै गएको छ । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्रविधि प्रमुख डा. रविन्द्र ढकालले प्लास्टिकबाट डिजेल बनाउने प्रविधि ल्याएसँगै प्लास्टिकमा न्युनीकरण भएको र  प्लास्टिकको पुनः प्रयोगमा सबैलाई जोड दिन आग्रह गरे ।

आयोजकका तर्फबाट बोल्दै स्टेम फाउण्डेशनका अध्यक्ष सर्जन बीसीले पर्यावरण र प्रकृतिमा प्लास्टिकको अनावश्यक र अव्यवस्थित प्रयोगले पारेको नकारात्मक असरबारे विश्वको ध्यानाकर्षण गर्दै नेपालीहरुमा सचेतना ल्याउन कार्यक्रम आयोजना गरिएको बताए । 

विश्व किर्तिमानको लागि पहिला दाखिला भएको रेकर्ड भन्दा १९ हजार २३२ थान प्लास्टिकका झोला बढी बाँधिएको हो । कार्यक्रममा वातावरणविद् प्रा. डा. दिनेश भुजु, विश्व वन्यजन्तु कोषका उप–निर्देशक राजेन्द्र सुवाल लगायतका वक्ताहरुले प्रतिबद्धता मन्तव्य व्यक्त गरे । कार्यक्रममा बाग्मती अभियन्ता डा. राजु अधिकारी र युवा अभियन्ता केंपी खनाल लगायतले वातावरणप्रति  जिम्मेवार बन्न आग्रह गरे । जगदम्बा स्टिल्सले संस्थागत सामाजिक दायित्व बहन गर्दै मृत सागरको आकृति निर्माण गरिदिएको हो । 

विश्व वन्यजन्तु कोषले वन, वातावरण र पर्यावरणका क्षेत्रमा यससँगै विभिन्नकार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ । स्टेम फाउण्डेशन नेपालले आवश्यक प्रक्रिया पूरा गरी विश्व किर्तिमानीका लागि प्रमाण पेश गर्ने जनाइएको छ । 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ