शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३३ किलो सुन तस्कर प्रकरणः निलम्बित सई सञ्जेल साधारण तारेखमा रिहा

बिहीबार, २० मङ्सिर २०७५, १८ : ४८
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं । ३३ किलो सुन तस्कर र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल साधारण तारेखमा रिहा भएका छन् । 

बिहीबार जिल्ला अदालत, मोरङको आदेश उल्टाउँदै उच्च अदालत विराटनगरले सञ्जेललाई साधारण तारेखका छाड्न आदेश दिएको हो । 

जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका सञ्जेललाई उच्च अदालतका न्यायधीश थीरबहादुर कार्की र जनक पाण्डेको इजलासले छाड्न आदेश दिएका हुन् ।

साधारण तारेखमा राखेर सञ्जेलको मुद्दाबारे अनुसन्धान भइरहने उच्च अदालतले जनाएको छ । 

सुन तस्कर प्रकरणमा प्रहरी प्रधान कार्यालयले एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई गत वैशाखमा निलम्बन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप