बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शाहीकालका मन्त्री रुप ज्योतीविरुद्ध पक्राउ पुर्जी जारी

बिहीबार, २० मङ्सिर २०७५, १८ : २६
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवम् व्यवसायी रुप ज्योतिविरुद्ध पक्राउ आदेश जारी गरेको छ ।  विहीबार महानगरीय प्रहरी परिसर काठमाडौंको पत्रको आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालका काठमाडौंका एक अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

नेपालका पुरानो व्यवसायी घराना ज्योति समुहका अध्यक्ष रुप ज्योती तत्कालीन ज्ञानेन्द्र शाहको मन्त्रिमण्डलमा अर्थमन्त्री बनेका थिए ।  महानगरीय प्रहरी परिसर काठमाडौंले व्यवसायी रुप ज्योतीले ठगी गरेको बारे अनुसन्धान गरिरहेको छ । काठमाडौंको बाँसवारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भन्दै ‘ल्याण्डमार्क डेभलपर्स प्रा.लि’ मार्फत सर्वसाधारण व्यक्तिबाट पैसा लिएर जग्गा फिर्ता नगरेको भन्दै उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

उनले काठमाडौंका–२६ बस्ने विज्ञेन्द्रकृष्ण मल्लको २ करोड ७० लाख ठगी गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप