शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतबाट  मृगौलापीडित चालिसेलाई १२ लाख सहयोग

बिहीबार, २० मङ्सिर २०७५, १७ : ५७
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं- दुवै मृगौला फेल भएका नवलपुर गैडाकाट वडा नम्बर ६ निवासी ३४ वर्षीय शक्तिप्रसाद चालिसको स्वास्थ्य उपचारका लागि १२ लाख २ हजार ८ सय ६० रुपयाँ जुटेको छ ।

नवलपुरबाट बेलायतमा बसोबास गर्दै आएका विभिन्न पेशमा संलग्न व्यक्तिहरुको संगठन नवलपुर समाजको सक्रियतामा चालिसेको उपचारका लागि सो रकम जुटेको हो ।

इन्द्रजित सारु मंगलको सयोजकत्वको रहेको ११ सदस्यीय समितिले जापान, पोर्चुगल, कोरिया, कतार र दुबैलगायताका देशमा बसोबास गर्ने नलपुरवासीबाट ‘शक्ति प्रसाद बचाउ’ अभियानमार्फत सो रकम संकल गरेको हो ।


दुबै मृगौला फेल भइ विगत केहि महिनादेखि चालिसेको काठमाडौंस्थिति वीर अस्पतालमा उपचार गराइरहेका छन् । बिरामी चालिसेले डिसेम्बर १८ तारिकका दिन आफ्नो मृगौला प्रत्यारोपण हुन लागेको भन्दै जानकारी गराएको भानु सापकोटाले बताए । 

उनको मृगौला प्रत्यारोपण वीर अस्पतालमै हुने भएको छ । समाजले उनको मृगौला सफल प्रत्यारोपणको कामना पनि गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप