पूर्वआईजीपी बोहोरालाई सर्वोच्चले दियो ‘क्लिनचिट’
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वआईजीपी मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दाबाट सफाई दिएको छ ।
बिहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलाशले पूर्वआईजीपी बोहोरालाई भ्रष्टाचारको मुद्दामा सफाई दिएका हुन ।
यसअघि २०६८ साल चैत २१ गते विशेष अदालत काठमाडौंले बोहोरालाई भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद र करिब २७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
पूर्वआईजीपी बोहोराले सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरि करिब २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई डेढ वर्ष कैद र करिब २७ लाख नै बिगो र जरिवाना भराउने फैसला सुनाएको थियो ।
विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै पूर्वआईजीपी बोहोराले २०६९ साल पुष ११ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए ।
यसअघि पटकपटक हेर्दाहेर्दैमा राखिएको यो मुद्दामा बिहिबार न्यायाधीशद्वय घिमिरे र भण्डारीको इजलाशले निर्दोष साबित गर्दै सफाई दिएका हुन ।
बिहिबारको इजलाशबाट भ्रष्टाचार मुद्दामा दोषी पाइएका पूर्वआईजीपी बोहरासहित उनका छोरा, छोरी र श्रीमतीले पनि सफाई पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ